Skip to main content

नेपालमा हाइब्रिड मकैको विकल्प

सामाजिक संजालमा मोन्सान्टोको बहस चलिरहँदा धेरै साथीहरूले हाइब्रिड र GM प्रविधिका बारेमा चासो देखाएको पाएँ। बढ्दो जनसंख्यालाई पुग्ने खाद्मान्न उत्पादन गर्ने हो भने हाइब्रिड र GM प्रविधिलाई अंगाल्नुको विकल्प छैन भन्ने जस्ता कुराहरू पनि आए। कुरा ठीकै हो, तर यो धारणा अलि सतही लाग्यो। यसरी कुनै निष्कर्षमा पुग्नुअघि हामीसंग के कस्ता प्रविधि छन् र कुन प्रविधि अंगाल्दा दिर्घकालमा फाइदा हुन्छ त्यो बुझ्न जरूरी छ।

कुरा हाइब्रिड मकैको चलेकोले मकैमा चलिआएका विभिन्न बीउ प्रविधिका बारेमा चर्चा गरौँ। रैथाने (local) मकै बाहेक GMO मकै, हाइब्रिड मकै र उन्नत जातका OPC मकै बजारमा पाइन्छन्। यी सबै प्रविधिका बारे यहाँ छोटकरीमा जानकारी दिने कोशिश गर्नेछु।

१. GMO मकै
GM अर्थात Genetic Modification यस्तो प्रविधि हो जसमा एउटा प्रजाति (species)को gene अर्को प्रजातिको (species) मा घुसाइन्छ। यस्तो प्रविधिबाट तयार पारिएको जीवलाई GMO (Genetically Modified Organism) भनिन्छ। जस्तै भारतमा प्रयोग गरिएको कपासको बीउमा Bacillus thuringiensis नामक ब्याक्टेरियाको gene हालिएको थियो।

यो अत्यन्तै महँगो प्रविधि हो जसले गर्दा GMO बीउ महँगो हुन्छ। नियन्त्रित वातावरणमा उच्च प्रविधिको प्रयोग गरी बनाइएकोले बालीमा इच्छा अनुसारको गुण देखिन सकिन्छ। यसको उत्पादन पनि धेरै हुन्छ, तर यसको लागि व्यवस्थापन पक्ष सबल हुनु अत्यन्तै आवश्यक छ।

यसको नकारात्मक पक्ष भनेकै यसले मानिसको स्वास्थ्यमा खराब असर पुराउँछ कि भन्ने शंका हो। साथै पर्यावरणीय दृष्टिकोणले पनि यो विवादमामा फस्दै आएको छ। प्राकृतिक विकासक्रम (natural evolution)को बिरुद्ध जाने यस प्रविधिले जैविक विविधताको सन्तुलनमा उथलपुथल ल्याइदिने पो हो कि भन्ने शंकाहरू पनि छन्। यसबारे विश्वभरि नै वैज्ञानिक अनुसन्धान/अध्ययनहरू हुँदैछन्। जनस्वास्थ्यमा असर गर्ने/नगर्ने कुराको पुष्टी नभए पनि धेरै देशहरूले सावधानी अपनाउँदै निश्चित समयको लागि यस्ता खाद्मसामग्रीमाथि प्रतिबन्ध लगाएका छन्। अमेरिका जस्तो देश जहाँ यस प्रविधिबाट "नबनेका" खाद्मसामाग्री पाउन मुश्किल छ, त्यहाँ यस्ता सामाग्रीमा लेबल लगाइनु पर्ने माग राख्दै आएकाछन्, ताकि GMO रहित सामाग्री उपभोग गर्न खोज्नेहरूलाई सजिलो होस्। यस्ता विवादहरूमा मुछिएको र नेपालमा यसको अनुमति नभएको हुनाले यसको बारेमा यहाँ धेरै चर्चा गर्दिन।

२. हाइब्रिड मकै
शुरुमा हाइब्रिड भनेको के हो, बुझौं। 
परागणका आधारमा २ प्रकारका बिरुवा हुन्छन्:
१. Self pollinating जसमा एउटै बोटको भाले फूल र पोथी फूलको बीच परागसेचन हुन्छ। सामान्य भाषामा भन्नु पर्दा एउटै बोटले दुवै भाले र पोथी अभिभावकको भूमिका निभाउँछ। जस्तै: धान
२. Cross pollinating जसमा एउटा बोटको भाले फूल र अर्को बोटको पोथी फूलबीच परागसेचन हुन्छ। यानि कि दुइ फरक बोटहरू अनिवार्य हुनुपर्छ। जस्तै: मकै 

मकै जस्तो Cross pollination हुने बालीमा self pollination (जसलाई inbreeding पनि भनिन्छ) भयो भने यसबाट निस्कने बालीको उत्पाकदत्व cross pollinated मकैमा भन्दा औसतमा कम हुन्छ (अपवादहरू हुनसक्छन्)। यसरी उत्पाकदत्व घट्नुमा खराब जीनहरुको जोड बढ्दै गएर हो, जसलाई वैज्ञानिक भाषामा inbreeding depression भनिन्छ। धेरै पुस्ता सम्म inbreeding भए पछि निस्कने बालीलाई inbred भनिन्छ। 
 
यदि दुइ बिल्कुलै भिन्न inbred line हरूबीच cross pollination गराउने हो भने, नयाँ निस्कने बाली राम्रो हुन्छ र यसलाई नै हाइब्रिड भनिन्छ। यो हाइब्रिड राम्रो भएता पनि यसबाट निस्किने दोस्रो पुस्तामा भने शुरुको inbred line का कम्जोर गुणहरू पुन: देखिन थाल्छ र खासै फलदायी हुन्न।

बजारमा बेचिने हाइब्रिडले राम्रो प्रतिफल दिन्छ तर यसबाट किसानले दोस्रो पुस्ताको बीउ निकाल्यो भने त्यसले राम्रो उत्पादन दिन्न। त्यस कारण प्रत्येक वर्ष नयाँ हाइब्रिड बीउ किनेर लगाउनु पर्ने हुन्छ।
 
(२०१०मा सर्लाहीमा देखिएका थोते मकै यस्तै हाइब्रिडबाट निकालिएको दोस्रो पुस्ताको बीउ प्रयोग गर्नाले हुन सक्छ। यसका अरू कारण पनि हुन सक्छन्, मैले यसबारे धेरै अध्ययन गरेको छैन।)

हाइब्रिडका फाइदाहरू :
१. धेरै उत्पादन दिने
२. बालीमा एकरुपता आउने: सबै बोटहरू समान हुन्छन्, एउटै उचाइमा फल लाग्ने, समान रुपरंग हुने इत्यादि। विदेशमा मेसिनद्वारा सबै काम गरिने हुँदा बालीमा देखिने एकरुपताले काम गर्नमा सहजता ल्याउँछ।
३. विभिन्न रोग किरासंग लड्न सक्ने प्रतिरोधात्मक क्षमता हुने
तर यो हाइब्रिड हेरी हुन्छ। जस्तै बालीमा कुनै एक रोग नलाग्ने भए पनि अर्को रोग लाग्न सक्ने सम्भावना हुन्छ। हाइब्रिड बनाउँदा कुन क्षेत्रमा कस्तो रोग धेरै लाग्छ त्यहि अनुसारको प्रतिरोध क्षमता विकास गरिएको हुन्छ। त्यस कारण हाइब्रिडमा एउटै पनि रोगकिरा लाग्दैन भन्नु गलत हो।
यहि कारणले हाइब्रिडको एउटा बेफाइदा भनेको पहिले नदेखिएका नयाँ प्रकारका रोग किराहरू देखिनु हो।

हाइब्रिडका बेफाइदाहरू:
१. महँगो बीउ: हाइब्रिड निकाल्न नयाँ Inbred line को विकास गर्नुपर्ने र एकदमै नियन्त्रित बातावरणमा क्रस गर्नुपर्ने हुनाले बीउको भाउ महँगो हुन जान्छ।
२. हरेक वर्ष नयाँ बीउको प्रयोग गर्नु पर्ने बाध्यता किनकि दोस्रो पुस्तामा यसले राम्रो उब्जनी दिन्न।
३. धेरै मलको आवश्यकता: धेरै प्रतिफल लिने हो भने सोहि अनुसारको इन्पुट दिनु पर्छ।
४. सिंचाईको आवश्यकता: रासायनिक मलको प्रभावकारिता बढाउनका साथै पानीको माग पुराउन सिंचाई जरुरी हुन्छ। (कुनै हाइब्रिड खडेरीमा पनि राम्रो उत्पादन दिने किसिमका हुन्छन)
५. झारपातको समस्या: जहाँ मलजल धेरै हुन्छ त्यहाँ झारपातको समस्या स्वाभाविक रूपले देखिन्छ। यसका लागि विषादीको प्रयोग गर्नुपर्ने हुन्छ।
६. नयाँ रोगकिराको समस्या: यसको बारे माथि नै उल्लेख गरिएको छ। यसले गर्दा किटनाशक र विषादीमा थप खर्च हुन जान्छ।

३. उन्नत जातका मकै (Open Pollinated Cultivar)
विभिन्न जातका मकैहरूबीच योजनाबद्ध रूपले cross pollination गराएर निकालिएको मकै नै उन्नत मकै हो। यसलाई Open Pollinated Cultivar वा OP variety पनि भनिने गरिन्छ। हाइब्रिडमा जस्तै self pollination गराएर inbred line यसमा विकास गरी रहनु पर्दैन। तर इच्छाएको गुण अनुसार, कुन दुइ प्रकारका जातबीच क्रस गर्ने हो भन्ने चाहिँ बैज्ञानिकहरूले बर्षौ अनुसन्धान गरेर पत्ता लगाएका हुन्छन्।

यस्तो बीउ बनाउँदा शुरुमा अनुसन्धान केन्द्रमा वैज्ञानिकहरूले breeder seed को विकास गर्छ। यो breeder seed बाट आएको बालीबाट फेरि अनुसन्धान केन्द्रमै दोस्रो नम्बरको बीउ बनाइन्छ जसलाई foundation seed भनिन्छ। यो foundation seed ठूला बीउ कम्पनीहरूको निजि अनुसन्धान केन्द्रमा वा ती कम्पनीसंग आबद्ध भएका बीउ बनाउन तालिमप्राप्त किसानहरुको बारीमा लगाइन्छ। यसबाट निस्केको तेस्रो न.को बीउलाई certified seed भनिन्छ र यसलाई बजारमा उन्नत बीउको रुपमा किन्न पाइन्छ।

यसका फाइदाहरू:
१. यसको बीउ हाइब्रिड मकैको भन्दा धेरै सस्तो पर्छ। (नेपाली बजारमा पाइने हाइब्रिड र उन्नत जातका मकैको बीउको एक्ज्याक्ट भाउ के कस्तो छ, यसबारे कसैसंग सूचना भए बाँड्नु होला।)
२.  किसानले चाहेको खण्डमा यसको बीउ २/३ पुस्ता सम्म प्रयोग गर्न सकिन्छ , तर नजिकैको छिमेकीले अर्कै जातको मकै लगाए, cross pollination भइ नचिताएका गुणहरू देखा पर्न सक्छ। नयाँ बीउ किन्न महँगो नपर्ने हुनाले नयाँ बीउ किनेर लगाए पनि खासै घाटा पर्दैन।
३.  राम्रो उत्पादन: रैथाने मकैको तुलनामा यसले राम्रो उत्पादन दिन्छ।
४.  रोगकिरा प्रतिरोधात्मक क्षमता भएको
५.  किसानहरूले तालिम लिएर सामुहिक रूपमा आफ्नै बारीमा व्यवसायिक बीउ उत्पादन गर्न सके यो राम्रो आय आर्जनको श्रोत बन्न सक्छ। (तर यसको लागि अनुसन्धान केन्द्रबाट ल्याएको foundation बीउलाई अन्य जातको मकैसंग cross pollinate हुन नदिन ठूलो एरिया चाहिन्छ जसले गर्दा किसानहरुले सामुहिक रूपमा एउटै मकै लगाउनु पर्ने हुन्छ।)

यसका बेफाइदाहरू:
१. हाइब्रिड मकैले जस्तो धेरै उत्पादन दिन सक्दैन। उदाहरणको लागि नेपाल कृषि अनुसन्धान आयोग (NARC)ले बिकास गरेको रामपुर हाइब्रिड-२ को उत्पादकत्व ५- ७ टन प्रति हेक्टर छ भने नेपालमा पाइने उन्नत मकैको उत्पादकत्व सरदार ३-५ टन प्रति हेक्टर छ।
२. रैथाने जातका तुलनामा धेरै फल्ने हुनाले यसलाई राम्रो मलजल दिनु पर्छ।
३. झारको समस्या यसमा पनि देखिन्छ र उचित व्यवस्थापन गर्न जरूरी छ।

नेपालको लागि कुन प्रविधि ठीक?
प्रविधि भनेको दुइ धारे तलवार हो। फाइदा बेफाइदा दुवै हुन्छन्। आफू सुहाउँदो छ र बेफाइदा भन्दा फाइदा धेरै छ भने मात्र अपनाउने हो। हाइब्रिड र उन्नत जातका मकैको सन्दर्भमा कुरा गर्ने हो भने दुवैका राम्रा र नराम्रा पक्षहरू छन्। तर कुन बढी फलदायक हुन्छ भनिबुझ्न नेपाली किसानका आर्थिक, सामाजिक पक्षलाई ध्यानमा राख्नै पर्ने हुन्छ।

नेपालमा लगभग ९०% भन्दा बढी कृषकहरू साना किसान हुन्। सामान्य रूपमा बुझ्दा २ हेक्टर भन्दा कम जमिन  भएको किसानलाई साना किसान भनिन्छ भने नेपाली किसानहरुको हकमा प्रति घरधुरी औसत ०.८ हेक्टर मात्र जमिन छ। फेरि नेपालको कृषि प्रणाली निर्वाहमुखी (Subsistence) छ। कृषिलाई व्यवसायिक रूपमा अगाडि बढाएर यसबाट मनग्गे कमाउने कृषकहरूको जमात एकदमै थोरै छ। यस्तो अवस्थामा हाइब्रिड मकै भन्दा उन्नत जातका मकै धेरै हदसम्म व्यवहारिक र लाभदायक छ। केहि कारणहरू खुलाउन चाहन्छु।

१. लगानी खर्च
हाइब्रिड बीउ एकदम महँगो हुने हुनाले लगानी गरे अनुरुपको प्रतिफल पाउन व्यवसायिक ढंगले ठूलो एरियामा खेती गर्न सके मात्र यसबाट फाइदा उठाउन सकिन्छ। नेपालका साना किसानहरूले अझै पनि कृषिमा व्यवसायीकरण गर्न सकी रहेका छैनन्। यस्तोमा हाइब्रिड मकै किसानको घाँटीभन्दा ठूलो हाड साबित हुन सक्छ।
बीउ महँगो मात्र नभएर प्रत्येक वर्ष फेर्नु पर्ने बाध्यता पनि छ। बीउ बाहेक हाइब्रिड मकैलाई धेरै मात्रामा चाहिने रासायनिक मल,विषादी र कीटनाशकहरूको जोहो गर्न पनि किसानलाई धौ-धौ हुने अवस्था छ।
अर्को तिर उन्नत जातको मकै लगाउँदा बीउमा धेरै लगानी गर्नु नपर्ने र यो पैसा रासायनिक मल,विषादी र कीटनाशक  किन्नमा लगाउन सकिन्छ।

२. किसानको जोखिम मोल्न सक्ने क्षमता
जलवायु परिवर्तनका कारण खेतबारीमा लगाएको बाली कुन बेला सखाप हुन्छ भन्न सकिने अवस्था छैन। सिंचाईको लागि भौतिक संरचनाको अभावमा किसानहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। कहिले बाढी पहिरो त कहिले खडेरी, मौसमको कुनै ग्यारेन्टी छैन। नयाँ नयाँ रोगकिराको प्रकोप पनि उत्तिकै बढिरहेको अवस्थ छ। यस्तोमा बाली बिग्रियो भने के त? कृषि क्षेत्रमा राहत/ बिमा जस्ता कुरामा अझै पनि राम्रा योजनाहरू बनिसकेका छैनन्। के हाम्रा किसानहरूले हाइब्रिड मकैमा धेरै लगानी गरेर जोखिम उठाउन सक्ने क्षमता राख्छन् त? अहिलेको अवस्थामा यो कठिन छ।

३.प्राबिधिक ज्ञानको कमी
हाइब्रिड मकैको सफलताको लागि बाली व्यवस्थापनमा बिशेष रूपले ध्यान दिनु पर्छ। नेपालका किसानमा व्यवस्थापन पक्ष कम्जोर देखिन्छ, कारण चेतनाको अभाव। यसले गर्दा बालीबाट आएको उत्पादन आशातित नहुन सक्छ।

४.बीउ मकैको खेती
उन्नत जातको मकैको बीउ उत्पादनमा कृषकहरूलाई पनि सहभागी बनाएर लैजाँदा एकातिर किसानको आयश्रोत बढ्छ भने अर्कोतिर बिदेशी बीउमा निर्भर हुनु पर्दैन। साथै सामुदायमा रहेर खेती गरिने हुनाले किसानहरूलाई संगठित रूपमा अगाडि बढ्नमा टेवा पुग्छ। नेपालमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले समुदायमा आधारित रहेर बीउ उत्पादन गर्न कृषकहरूलाई सहयोग पुराउँदै आएका छन्। यसकारण विदेशी हाइब्रिड मकै भन्दा हाम्रा किसानहरूलाई स्वरोजगारीको अवसर प्रदान गर्ने उनन्त जातका मकै नेपालका किसानहरूको हितमा छ। कृषिमा दिगो बिकास खोज्ने हो भने नयाँ प्रबिधिमा किसानको सक्रिय संगलग्नता बढाउँदै लैजान अत्यन्तै आवश्यक छ।

के यसको मतलब नेपालमा हाइब्रिड मकै लगाउनै नहुने हो त?
होइन।
साना किसान भन्दा अलि ठूलो मानिने माझ्यैाला किसान नेपालमा नभएका होइनन्। यी कृषकहरू जोखिम उठाउन सक्छन् र प्राविधिक रुपमा पनि सचेत छन्। उनीहरूका लागि उन्नत जातका मकै भन्दा हाइब्रिड मकै उपयुक्त हुन सक्छ। त्यसकारण ठूला र साना किसानलाई एउटै तराजुमा राखेर जोख्न मिल्दैन।

नेपालमा पाइने मकैका विभिन्न जातहरू
हाम्रो देशमा अझै पनि गाउँ घरतिर बाउबाजेका पाला देखि लगाउदै आएका रैथाने मकै लगाउने चलन छ। बजारमा उन्नत जातको मकै आएको वर्षौ बितिसक्दा पनि चेतनाको अभावका कारण धेरै किसानलाई उन्नत जातको मकैका बारेमा थाहा छैन। यसकारण हाइब्रिड र GMO जस्ता साना किसानलाई नसुहाउँदो प्रविधिको वकालत गर्दै हिंड्नु भन्दा उन्नत जातका OPC मकैको प्रचार गर्न सके राम्रो हुन्थ्यो।

हालसम्म NARC ले बजारमा ल्याएका मकैका विभिन्न उन्नत जात र तिनका बारेमा जानकारी यहाँ हेर्न मिल्छ। त्यस्तै NARC ले नै विकास गरेको हाइब्रिड मकै रामपुर हाइब्रिड-२ का बारेमा यहाँ (पृष्ठ १०) पढ्न पाईन्छ। यो बाहेक बजारमा के कस्ता हाइब्रिड मकै छन् कसैलाई जानकारी भए बताइदिनु होला।

आशा छ यस ब्लगले विभिन्न प्रकारका मकैका बारेमा साथीहरूको भ्रम निवारण गर्नमा सहयोग पुग्नेछ।


नोट: नेपालमा मेरो भौतिक उपस्थिति नहुनुका साथै इन्टरनेटमा (NARCको वेबसाइटमा र अन्य साइटहरूमा) सीमित सामग्री रहेकोले, बजारमा हाल प्रयोगमा आउने बीउ, तिनका जात/भाउ आदिको बारे धेरै जानकारी दिन नसकेकोमा माफी चाहन्छु ।

-     

Comments

  1. Didjyu, Rampur Hybrid-2 ko link le kaam nagarya jasto chha...
    And, nice blog! Keep it up.

    ReplyDelete
  2. good article. thanks for writing.
    btw, is open cultivar the same as synthetic cultivar?

    ReplyDelete
  3. 1. is there any specific purpose for knocking off the title of your blog?

    2. any specific reasons for writing in Nepali-- writing about Monsanto in English would be more advantageous--along with the Nepali version.

    ReplyDelete
  4. Excellent! Truly lucid. Thanks for sharing KB.

    ReplyDelete
  5. Not my subject but I did study agriculture as a vocational subject in my school. Hope you will actively educate people in villages soon.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

How women ended up bleeding in the cattle-shed.

I recently happened to read an interesting blog post  (DO READ IT) , by a friend, on the origin of  Chaupadi pratha in Nepal.  He argued how some "smart-minds" tried to rule over the rest of the "not-so-smart" people in our society by creating a set of rules which ultimately had women at the receiving end. His arguments were very reasonable and convincing. However, I didn't want to entirely blame it on the "smart-minds" that created these rules. In fact, deep down I believe that the followers, the "not-so-smart " lot, were too dumb to come out of their dumbness, their blind faiths and primitive minds. In this post, I have tried to explore the science behind this practice.  Chaupadi pratha   is a system in which a woman is kept away from the house (kitchen- in case of urban societies probably due to limited space/money to construct a separate house); and is instead forced to stay inside a cattle shed during her menstruation. During thi...

Defining objectivity through a feminist lens.

What sets feminist research apart from research in mainstream positivist science? In this blog I will explore epistemological issues involved in conducting feminist research. In the interest of brevity, I will focus on feminist objectivity. Positivistic research paradigm views scientific inquiry as a rational activity and therefore the term “objectivity” indicates an absolute, perspective-neutral, view of the world. The positivistic notion adopts a dualistic approach in contrasting objectivity with subjectivity. Subjectivity is viewed as allowing attachment of individual or group interpretations while generating knowledge, which lends bias to the process of inquiry. In simple words, objectivity is defined as “the view from nowhere”. Rationality and neutrality are two important aspects of objectivity. This definition of objectivity has been criticized by different feminist epistemologies. One common criticism leveled against this concept by all feminist philosophers of sc...

Random thoughts on a cold autumn afternoon.

Sometimes you find no purpose in life. No strong motivation to hold on to your existence. Outside the window, summer has shut its door on your face and you don't like the ever transient autumn clouds. Winter is far but too scary even in imagination. Why in winter, does the tree disown its pretty leaves? To create a sorry spectacle for onlookers passing by? You would rather cling on to summer, lush with love. But all you have left is the last of its sunshine coursing your veins. You hate to admit it but you don't like impermanence, the ultimate truth of life. Sometimes you get carried away in your train of thoughts. To worlds that never existed, and deep green oceans that never ceased producing giant waves. There you permit your thoughts to rise and settle, without any restraint, just like the waves in the ocean. But you tell yourself not to indulge it, not to give into it, for you are not allowed to follow your thoughts or invite them. You need to be like the green o...